धनगढीमा कर छलीका समान बरामद- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा कर छलीका समान बरामद

अर्जुन शाह

धनगढी — धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख भन्दा बढी मूल्यका अवैध व्यापारिक सामान बरामद गरेको जनाएको छ ।

बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए ।

बरामद गरिएका समानहरु नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुुझाइएको गणपति सिंहको भनाइ छ ।




प्रकाशित : मंसिर २२, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

उल्लासमय ज्यापू दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — १९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ।

नेवार समुदायमा आज बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइएको छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी (मनपरेको रोटी) रहेको पाकाहरू बताउँछन् । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो ।

प्रकाशित : मंसिर २२, २०७९ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×