कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हँसिया प्रहार गरी हत्या

अर्जुन शाह

धनगढी — कैलालीको जोशीपुर गाउँपालिका ६ कुमारीवागस्थित हँसिया प्रहार गरी ३२ वर्षीय युवकको हत्या गरिएको छ ।

मंगलबार राति स्थानीय गौरीलाल ढुंगानाले हँसिया प्रहार गरी सालो नाता पर्ने ३२ वर्षीय पदमराज भण्डारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आक्रमणको क्रममा मृतकका भाइ नाता पर्ने जयराज भण्डारी गम्भीर घाइते छन् । हँसिया प्रहारबाट गम्भीर घाइते भएका पदमराज भण्डारीलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्या आरोपित ढुंगाना फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

प्रकाशित : मंसिर २१, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?