बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान सूर्नया गाउँपालिका- ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से १ च १२२६ नम्बरको जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया ६ दुदिलाखान नजिकै दुर्घटनामा परेको हो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रकाशित : मंसिर २१, २०७९ १४:२०