३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माया लुहार हत्याका आरोपी कोली पक्राउ

तृप्ति शाही

बैतडी — बैतडीको पन्चेश्वर गाउँपालिका - ४ की माया लुहारका हत्या आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् ।

कन्चनपुरको महेन्द्रनगरबाट कोलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आइतबार बिहान उनलाई प्रहरीले महेन्द्रनगर बसपार्कमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनले भने ,'घट्नामा संमलग्न संकेत भएको व्यक्तिलाई प्रहरीले समातेको छ । अब बैतडी ल्याउने प्रोसेसमा छौं । थप अनुसन्धान गर्नेछौं ।'

आइतबार वा सोमबार कहिले ल्याउने भन्ने विषमा छलफल भइरहेको पनि उनले बताए । बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोलीलाई यही मंसिर १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप लागेको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?