ग्रेडरले किच्दा धनगढीमा बालिकाको मृत्यु

अर्जुन शाह

धनगढी — ग्रेडरले किच्दा धनगढीमा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी बिहीबार बिहान हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको हो ।

ग्रेडरले किच्दा धनगढीमा बालिकाको मृत्यु

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलमा सवार साउँदलाई किचेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी वेदप्रकाश जोशीले बताए ।

चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर १५, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?