कुरूप बन्दै ‘मिनी खप्तड’

डोटी — ‘मिनी खप्तड’का रूपमा चिनिएको डोटीको नयाँ पर्यटकीय गन्तव्य बगलेक पछिल्लो समय प्लास्टिकजन्य वस्तु थुप्रिएर कुरूप बन्न थालेको छ । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा दैनिक आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ ।

उनीहरूले छोडेर जाने खाद्यबस्तु तथा प्लास्टिकजन्य सामग्रीको व्यवस्थापन गर्न नसक्दा सो क्षेत्र कुरूप बन्न पुगेको वडाध्यक्ष योगेन्द्र ठकुल्लाले बताए ।

हरिया पाटन र बोटबिरुवाका ससाना बुट्याउनहरूले बगलेकमा खप्तडको सम्झना गराउने गर्छ । मौसम र दृश्यावलोकनका लागि मनमोहक रहेको बगलेक सडकको पहुँचसंँग जोडिएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको छ । दिपायल, सिलगढी, डडेल्धुरा तथा धनगढीबाट समेत बगलेकमा पर्यटक रमाउने गर्छन् । त्यहाअधिकांश वनभोज खाने आउनेको लर्को हुन्छ । त्यसबाहेकका लागि तयारी खाद्यहरू बोकेर नै आउने गरे पनि उनीहरूले छोडेर जाने प्लास्टिकजन्य वस्तु, पानी तथा रक्सीका बोतलले हरियाली पाटन कुरूप बन्दै गएको स्थानीय किरण ठकुल्लाले गुनासो गरे ।

फोहोर व्यवस्थापनका लागि केही डस्कबिन राखिएका भए पनि नियमित सरसफाइ गर्ने र त्यसतर्फ चासो राख्ने संयन्त्र नभएकाले फोहोर बढ्दै गएको छ । स्थानीयले समयमै फोहोर व्यवस्थापन नगरे फोहोर व्यवस्थापन दीर्घकालीन चुनौती बन्ने स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् । खप्तडको प्रवेशद्वार मुखमै पर्ने बगलेकमा पर्यटकहरूको चलहपहल बढेसँंगै त्यस क्षेत्रमा आवश्यक पूर्वाधार र व्यवस्थापनतर्फ स्थानीय सरकारले चासो दिनुपर्ने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?