बाजुरामा हत्या गरिएका अयडीको ९ दिनपछि अन्तिम संस्कार

अर्जुन शाह

धनगढी — गत मंसिर ४ गतेको मतदानका क्रममा भएको विवादपछि कुटपिट गरी हत्या गरिएका अनेरास्ववियुुका केन्द्रीय सदस्य चेतन अयडीको ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

बाजुरामा हत्या गरिएका अयडीको ९ दिनपछि अन्तिम संस्कार

एमाले बाजुराले सोमबार बिहान उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेपछि शव यात्रा गरेको हो । बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका ३२ वर्षीय अयडीलाई मतदानको दिन त्रिवेणी ७ कै मतदान केन्द्रमा विवाद भएपछि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते अवस्थामै घर पुुगेका उनलाई फेरि राति घरमै गएर कुुटपटि गरी हत्या गरिएका विवरणहरु सार्वजनिक हुँदै आएका छन् । राति अछामस्थित बयालपाटा अस्पतालमा लिइएको भए पनि चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए । चेतनको हत्याअघि प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो ।

मृतक परिवारले हत्यामा संल्गन रहेको भन्दै २२ जनामाथि किटानी जाहेरी दिएको छ । संलग्नहरुलाई पक्राउ गरी काराबाही गर्नु पर्ने माग गर्दै बाजुरा एमाले लगातार सडक आन्दोलनमा छ । प्रहरीले केहीलाई पक्राउ गरिएको र फरार रहेका केहीको खोजी कार्य जारी रहेको जनाएको छ ।

बाजुराको मतगणना भने अझै अनिश्चित छ । निर्वाचनमा धाँधली भएको उजुरी परेपछि निर्वाचन आयोगको टोली स्थलगत अध्ययन गरी काठमाडौं फर्किएको छ । अर्कोतिर त्रिवेणीमा दुुई जना युवाको मृत्युको घटनाको अध्ययन गर्न गठित छानबिन टोली पनि यतिबेला बाजुरामै छ ।

प्रकाशित : मंसिर १२, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?