३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

मनोज बडू

दार्चुला — दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गरेका हुन् । 

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले १३ हजार १७१ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले नेता जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

अघिल्लो प्रदेशसभा चुनावमा धामीले कांग्रेस नेता जगदीश पाललाई पराजित गर्दै सांसद बनेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ००:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?