२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बैतडीमा जिप दुर्घटना : मृतक ४ जनाकै सनाखत

तृप्ति शाही

बैतडी — बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बैतडीमा जिप दुर्घटना : मृतक ४ जनाकै सनाखत

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा पर‍ी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टर फेरि आउने उनले बताए ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रकाशित : मंसिर ५, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?