बैतडीमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ को अवस्था गम्भीर- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ को अवस्था गम्भीर

तृप्ति शाही

बैतडी — बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


मृत्यु हुने सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टर फेरि आउने उनले बताए ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देही ४ मा मतगणना सुरु 

अमृता अनमोल

बुटवल — रुपन्देहीको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।  

निर्वाचन सहायक अधिकृत राकेश चौधरीका अनुसार ९ : ३० देखि मतपत्र पट्याएर गणना प्रक्रिया सुरु भएको हो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने यो निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए । त्यसमध्ये २ सय ५८ अस्थायी सहित ७७ हजार ६४ जनाले मतदान गरेका छन् ।

रुपन्देही ४ मा कांग्रेसका प्रमोद यादव, जसपाका ओमप्रकाश यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत उम्मेदवार रहेका छन् ।


प्रकाशित : मंसिर ५, २०७९ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×