दार्चुलामा एक युवकको शव फेला- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा एक युवकको शव फेला

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–४ मा एक युवकको शव फेला परेको छ । व्यास गाउँपालिका–४ डोकट नजिकको भीरमा डोकटका स्थानीय नरेन्द्रसिंह विष्टको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भीरमा शव भेटिएको प्रहरी वरिष्ठ सहायक निरीक्षकको टोली शव भएको ठाउँमा पुगेको छ । फोन सम्पर्क कम भएको हुनाले सबै कुरा खुल्न नसकेको दार्चुला प्रहरीका डीएसपी तर्कराज पाण्डेयले बताए ।

प्रकाशित : मंसिर ५, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि...

ज्योति कटुवाल

सुर्खेत — दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको छ ।

ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेका हुन् ।

दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । मुख्य निर्वाचन अधिकृत वाग्लेले भने, 'लापर्बाही हो वा जानीजानी भएको हो त्यसबारे बुझ्न बाँकी छ ।' अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेको उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×