कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीको पाटनमा जिप दुर्घटना‚ ३ जनाको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ को थुममा जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको उनले बताए ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?