बैतडीको पाटनमा जिप दुर्घटना- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीको पाटनमा जिप दुर्घटना

तृप्ति शाही

बैतडी — बैतडीको पाटनको थुममा जिप दुर्घटनामा परेको छ । मतपेटिकालाई सदरमुकाम पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा सबै प्रहरी सवार रहेको बुझिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुर-२ मा कांग्रेसका थापाको अग्रता, बस्नेत पछ्याउँदै, रास्वपा तेस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् भने निवर्तमान सांसद महेश बस्नेत पछ्याइरहेका छन् । 

निर्वाचन आयोगका अनुसार सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार थापाले २ हजार २३१ र बस्नेतले १ हजार ३२ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । सो पार्टीका साजन विकले ४ सय २४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत प्राप्त गरेकी छन् ।

प्रकाशित : मंसिर ५, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×