१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बाजुराको त्रिवेणीमा ‘कुटपिट’बाट घाइते एमाले कार्यकर्ताको मृत्यु

अर्जुन शाह

धनगढी — बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन अयडीको मृत्युु भएको छ ।

बाजुराको त्रिवेणीमा ‘कुटपिट’बाट घाइते एमाले कार्यकर्ताको मृत्यु

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

‘आइतबार साँझ अर्का स्थानीय युवा सञ्जीव अयडीलाई गोली लागेर मृत्यु भएपछि स्थानीयले चेतनलाई कुटपिट गरी घाइते बनाएका थिए । उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको थियो । राति बयालपाटा लैजाँदै गर्दा मृत्यु भएको छ,’ प्रजिअ अधिकारीले भने । एमाले कार्यकर्ताहरुले भने उनी राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कुटपिटबाट हत्या गरिएको दाबी गरेका छन् ।

मृतक अयडी नेकपा एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन् । दुई जना युवाको मृत्यु भएको त्रिवेणीसहित बाजुरामा भय र त्रासको वातावरण छ । सोमबार थप सुरक्षाको प्रबन्ध गर्न प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए ।

प्रकाशित : मंसिर ५, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?