कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतसितका नाका ७२ घण्टा सिल

मनोज बडू

दार्चुला — २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भारतसित  जोडिएका नाकाहरू बन्द भएका छन् । निर्वाचनका लागि जिल्लाका सीमानाका ७२ घण्टाका लागि सिल गरिएको प्रशासनले जनाएको छ ।

भारतसितका नाका ७२ घण्टा सिल

भारतसित सीमा जोडिएका जिल्लाका लाली, जोलजिवी, बाकु, दत्तु, पुलघाट खलंगा, तिगरम, बडूगाउँ, मलघट्टे, माल र सीतापुल नाका मंसिर ४ गते राति १२ बजेसम्म सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको सबै नाकाहरु ३ दिनका लागि बन्द गरिएको हो ।

प्रकाशित : मंसिर २, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?