बैतडीको पुर्चौडी नगरपालिकामा २ दिन सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन १७ र १८ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचना भनिएको छ । 

बैतडीको पुर्चौडी नगरपालिकामा २ दिन सार्वजनिक बिदा

हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । बिदामा नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायत सार्वजनिक निकाय बन्द रहने छन् ।

प्रकाशित : कार्तिक १७, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?