कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दार्चुलामा भीरबाट लडेर युवककाे मृत्यु

मनाेज बडु

दार्चुला — लेकम गाउँपालिका-५ स्थित लिसिनी भीरबाट लडेर एक युवककाे मृत्यु भएकाे छ । शुक्रबार बिहान मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेव जोशीको मैखाेली र अंकुरबीचकाे लिसिनी भीरबाट खसेर मृत्यु भएको हो ।

बिहानै डोका ल्याउन लेकम गाउँपालिका-२ गराडी जान्छु भनी हिँडेका जोशी लडेर भीरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । कलिलै उमेरमा आमा गुमाएका जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको स्थानीय हरिप्रसाद जाेशीले बताए ।

उनका अनुसार उनी रोजगारीका लागि भारतमा काम गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले मृतकको उद्धार कार्य भइरहेको छ । मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

प्रकाशित : कार्तिक ४, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?