कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अरिंगालले चिल्दा दार्चुलामा बालककाे मृत्यु

मनाेज बडु

दार्चुला — शैल्यशिखर नगरपालिका-६ ग्वानिमा अरिंगालले चिल्दा बालककाे मृत्यु भएकाे छ । आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएकाे प्रहरिले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए ।

अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिकाे समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?