१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कैलाली ५ मा ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

मोहन बुडाऐर

धनगढी — नेपाली कांग्रेसका पूर्वनेता एवं पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । 

कैलाली ५ मा ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढीस्थित एक होटलमा शुक्रबार आयोजित कार्यक्रममा ओझाले ‘धनगढीको आत्मसम्मानका लागि’ आफ्नो उम्मेदवारी स्वतन्त्रमा रहेको बताएका हुन् । ‘गोजीभरि पैसा भरेर, जोकोही पनि चुनाव जित्ने प्रवृत्तिले धनगढीको आत्मसम्मान गुमेको छ,’ उनले भने, ‘यसले वर्षौदेखि लोकतन्त्र /प्रजातन्त्र र विकासका लागि लडेका, संघर्ष गरेका धनगढीवासीको आत्मसम्मानमा चोट लागेको छ ।’

उनले पैसा र शक्तिको बलमा बाहिरबाट आएर धनगढीलाई चुनावी मैदानको रुपमा मात्र प्रयोग गर्ने प्रवृत्ति विरुद्धको संर्घषको नेतृत्वदायी भूमिकामा आफू स्वतन्त्र उम्मेदवार बनेको बताए ।

२०७४ को आमनिर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारका दाबेदार ओझालाई कांग्रेसले टिकट नदिएर प्रधानमन्त्रीपत्नी आरजु राणालाई दिएको थियो । त्यसबेला ओझाले प्रधानमन्त्रीपत्नी राणाको प्रचारमा नखटिएर असहियोग गरेको भन्दै कांग्रेसले ५ बर्षका लागि साधारण सदस्यसमेत नहरने गरी निष्कासन गरेको थियो ।

प्रकाशित : आश्विन २१, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?