कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दार्चुलाका १४ मतदान केन्द्र अतिसंवेदनशील

मनोज बडू

दार्चुला — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १ सय १४ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये सुरक्षाको दृष्टिकोणले १४ मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

दार्चुलाका १४ मतदान केन्द्र अतिसंवेदनशील

सुरक्षा संवेदनशीलताका हिसाबले १४ मतदान केन्द्र अतिसंवेदनशील रहेको छन् । जिल्ला सुरक्षा समितिको बैठकले २३ मतदान केन्द्र संवेदनशील र ७७ वटा समान्य सूचीमा राखेका छ । मतदान केन्द्रको वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना बनाइने जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले मतदान केन्द्रको वर्गीकरण गरी सुरक्षाकर्मी परिचालनको योजना बनाइने बताए ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँच गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अतिसंवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने उनले बताए । सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदानपश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिने सुरक्षा समितिले जनाएको छ ।

सबैजसो स्थानीय तहका केही मतदानस्थल एवं केन्द्र अतिसंवेदनशील सूचीमा रहेका छन् । योसँगै संवेदनशीलताका आधारमा चारवटै सुरक्षा निकाय एकसाथ परिचालन गर्ने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । सुरक्षा समितिका अनुसार हरेक स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थित हुनेछ । पहिलो घेराभित्र रहेको सुरक्षा निकायभित्र ३० मिनेटभित्रै ब्याक फोर्स पुग्ने व्यवस्था गरिने समितिले जनाएको छ ।

प्रकाशित : आश्विन २०, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?