बैतडी — सोमबार बैतडीमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोकुलेश्वरबाट देहिमाण्डौ आउँदै गरेको अटो दोगडाकेदार गाउँपालिकाको बसालीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
अटोचालक धनसिंह थलालसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
तीव्र गतिमा रहेको अटो अनियन्त्रित भएर खाल्डोमा परेपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।