२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अटो दुर्घटनामा सात जना घाइते

तृप्ति शाही

बैतडी — सोमबार बैतडीमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोकुलेश्वरबाट देहिमाण्डौ आउँदै गरेको अटो दोगडाकेदार गाउँपालिकाको बसालीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

अटोचालक धनसिंह थलालसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

तीव्र गतिमा रहेको अटो अनियन्त्रित भएर खाल्डोमा परेपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको छ ।

प्रकाशित : आश्विन १७, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?