३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राँगो पछ्याउँदै जाँदा नदीमा बगेर बेपत्ता

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–२ देथला नजिकबाट चमेलिया नदीमा बगेर एक जना बेपत्ता भएका छन् । सोमबार दिउसो राँगोलाई पछ्याउँदै जाँदा शैल्यशिखर नगरपालिका–१ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बोहरा शैल्यशिखर नगरपालिका-२ देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बली दिन गएका थिए । मन्दिरमा बलीका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो । त्यसपछि उनी त्यही राँगोलाई पछ्याउँदै चमेलिया नदीमा पसेका थिए । नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बोहराले पछ्याइरहेको राँगोलाई चमेलियाले बगाए पनि राँगो भने फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए । बेपत्ता पुरुषको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?