कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

तृप्ति शाही

बैतडी — बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आइतबार जिल्ला अदालतभित्रै एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।

प्रकाशित : आश्विन १६, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?