१५ दिनभित्र हतियार बुझाउन बैतडी प्रशासनको आग्रह

तृप्ति शाही

बैतडी — जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिनभित्र हतियार बुझाउन आग्रह गरेको । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन शुक्रबार सूचना जारी गरेको हो । 

सूचनाअनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ । बुझाएका हतियारलाई निर्वाचनपछि फिर्ता गरिने प्रमुख जिल्लाअधिकारी सुरेश पन्थीद्वारा जारी भएको सूचनामा छ ।


प्रकाशित : आश्विन १४, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?