मन्दिर छोएको आरोपमा कुटपिट, वडाध्यक्ष प्रहरी नियन्त्रणमा

अर्जुन शाह

धनगढी — मन्दिर छोएको आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुुद्धबहादुर अयडीलगायतले हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि मंगलबार कुटपिट गरेको बाजुरा प्रहरीले जनाएको छ ।

मन्दिर छोएको आरोपमा कुटपिट, वडाध्यक्ष प्रहरी नियन्त्रणमा

दलित समुदायका सुुनारले नाटेश्वरी मन्दिर छोएको भन्दै वडाध्यक्षको संलग्नतामा स्थानीय रंग उपाध्याय र विनोद अयडीले कुुटपिट गरेको पीडितको आरोप छ । वडाध्यक्ष अयडीलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनुसार पीडित सुुनारले प्रहरीसमक्ष गरेको जाहेरी अनुसार उनी नाटेश्वरी मन्दिरमा नवरात्री पूजामा बसेको अवस्थामा स्थानीय रंग उपाध्यायले र विनोद अयडीले सुनारलाई मन्दिर छोएको भन्दै उनका पूजा सामग्री फालिदिएको र कुटपिट गरेका थिए । उनीहरुले आफूसँग रहेको ६० हजार नगद पनि लुटपाट गरेको सुनारको दाबी छ । वडाध्यक्ष अयडीले भने कुुटपिटमा आफ्नो संलग्नता नरहेको बताएको प्रहरीको भनाइ छ ।

सुुनारको आँखामा गहिरो चोट लागेको छ । सुुनारको पुर्ख्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर हो ।

बुधबार नगरपालिकाको बैठकमा पनि उक्त घटनाबारे कुरा उठेपछि मिलापत्र गराउने प्रयास गरिएको बुझिएको छ । तर सुनारले कानुनी उपचार खोज्ने अडान लिएपछि प्रहरीले वडाध्यक्ष अयडीलाई नियन्त्रणमा लिएको थियो भने संलग्न भनिएका अन्य दुुई जना भने फरार रहेको बाजुरा प्रहरी प्रमुख थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन १३, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?