१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाटोबाट खसेर एक जनाको मृत्यु

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिका- ४ सिप्टीमा बाटोबाट खसेर एक जनाको मृत्यु भएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका- २ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो । मार्मा गाउँपालिका- ६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो ।

घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?