२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

१८ लाखको अवैध सामान बरामद

अर्जुन शाह

धनगढी — भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले सोमबार बिहान बरामद गरेको हो ।

१८ लाखको अवैध सामान बरामद

बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना पसलका सामग्री, कम्प्युटर पार्ट्स, कपडाहरू बेवारिसे अवस्थामा भेटिएको जिपसहित बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए ।

कुल १८ लाख २२ हजार मूल्य बराबरका ती सामानहरू नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुझाइएको गणपति सिंहले बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?