कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

महाकालीमा आइतबार बिहानैदेखि पानीको बहाव बढिरहेको र साँझसम्म पनि बढ्ने क्रम जारी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ शारदा ब्यारेजमा पानीको बहाव १ लाख ८१ हजार ४८० क्युसेक मापन गरिएको छ । दिउँसो भने पानीको बहाव १ लाख १० हजार क्युसेक थियो ।

पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी अझै बढ्ने अनुमान गरिनुका साथै नदी तटीय क्षेत्रमा सतर्कताका लागि सूचना जारी गरिएको छ।

महाकालीमा पानीको बहाव १ लाख क्युसे नाघ्ने बितिक्कै चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिन्छ । झण्डै सय वर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुने भन्दै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । गत साता पनि बाढीका कारण दुई दिनसम्म ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।

प्रकाशित : आश्विन ९, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?