भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या, छोराछोरी घाइते

अर्जुन शाह

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको छ । उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार हत्या गरिएको अवस्थामा ललिताको शव बिहीबार बिहान भेटिएको हो ।

उनकी १७ वर्षीया छोरी लक्ष्मी नामजाली मगरमाथि पनि धारिलो हतियार प्रहार गरिएको र हाल गम्भीर घाइते अवस्थामा उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते अवस्थामा रहेको छ । घटनापछि फरार रहेका शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?