कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डा. केसी काठमाडौं प्रस्थान

अर्जुन शाह

धनगढी — ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन् ।

डा. केसी काठमाडौं प्रस्थान

श्री एयरलायन्सको विमानबाट साँझ पौने पाँच बजेको उडानमा दुुई जना स्वास्थ्यकर्मीसहित उनी काठमाडौं प्रस्थान गरेको सेती प्रादेशिक अस्पतालका प्रमुख डा. हेमराज पाण्डेले बताए । धनगढीमा अनशन बसेका बेला डा. केसीका सहयोगीका रुपमा काम गरेका प्रमोद पाठकका अनुसार डा. केसीले आफ्ना शुभचिन्तकहरूको आग्रहमा आफैंले टिकट काटेर काठमाडौं जान तयार भएका थिए । ‘राज्यलाई कुनै भार नपार्ने र आफ्नै खर्चमा जाने बताउनुभयो‚’ उनले भने । डा. केसीलाई सेती प्रादेशिक अस्पतालकै एम्बुलेन्समा धनगढी विमानस्थल पुुर्‍याइएको अस्पतालले जनाएको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाएर उनलाई काठमाडौं लैजान प्रयास गरेको भए पनि जान नमानेपछि स्काई ट्रक रित्तै फर्किएको थियो ।

सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएपछि काठमाडौं लैजाने प्रयास गरेको थियो । अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई बहुुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्नुपर्ने बताएको थियो ।

उनको धड्कनमा गडबडी, पेट दुुख्ने, दिशा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी बाउडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वासदर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएकोलगायत समस्याहरू देखा परेको र पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको अस्पतालले उल्लेख गरेको छ ।

उनको स्वास्थ्यमा थप जटिलताहरू उत्पन्न हुन सक्ने भन्दै प्रादेशिक अस्पतालले उनको स्थानान्तरणको पहलका लागि स्वास्थ्य मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रशासन कार्यालयमा समेत अनुरोध गरेको थियो । मंगलबार उनलाई विशेष सुुरक्षा व्यवस्थाका साथ धनगढी विमानस्थलसम्म लैजाने भन्दै प्रहरीको टोली सेती अस्पताल पुुगेको थियो । त्यस क्रममा धनगढी बजार क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । चोकमा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी खटाइएको भए पनि डा. केसीले जान नमानेपछि सबै फर्किएका थिए ।

स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग राख्दै गत सोमबारदेखि डा. केसीले धनगढीको एलएन चोकस्थित कृष्ण मन्दिरमा आमरण अनशन सुरु गरेका थिए । सत्याग्रह सुरु गरेको दोस्रो दिन नै उनको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?