बैतडीमा घर भत्किएर किशोरीको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा घर भत्किएर किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका—१ को लेककी १६ वर्षकी पूजा लुहार छिन् । सोमबार राति साढे १ बजेतिर घर भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनका अनुसार घरमा सुतेका अन्य भने सुरक्षित छन् । 

आफ्नो घरबाट काकाको घरमा सुत्न गएकी पूजाको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किएको पीडित परिवारले जनाएको छ । मृतक किशोरी स्थानीय डुग्रीखान माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।


प्रकाशित : आश्विन ४, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?