१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कैलालीमा डुबान क्षेत्र समान्य बन्दै, प्रभावित परिवारहरू घर फर्कँदै

भजनीमा भने अझै ५ सय बढी परिवार खुला अकासमै
मोहन बुडाऐर

धनगढी — कैलालीको दक्षिणीपूर्वी क्षेत्रको डुबान बस्तीमा पानीको सतह घट्दै गएपछि स्थानीयहरू घर फर्कन थालेका छन् । भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ का केही बस्तीका परिवार भने अझै घर फर्कन सकेका छैनन् ।

कैलालीमा डुबान क्षेत्र समान्य बन्दै, प्रभावित परिवारहरू घर फर्कँदै

भजनी नगरपालिका प्रमुख केवुल चौधरीका अनुसार उक्त दुई वडामा अझै आवागमन सहज भएको छैन । उनले भने, 'घरभित्र, सडक र खेतमा अझै कम्मरसम्म पानी थुनिएर रहेको छ । होचो स्थानमा रहेका दुई वडामा सर्लक्क पानी नबग्ने भएकोले पनि घर डुबानमै छन् ।'

साथै ती दुईवटा वडाम तेस्रो दिन पनि घर फर्कन नसक्ने परिवार ५ सयभन्दा बढी हुनसक्ने नगर प्रमुख चौधरीले बताए ।

यसैबीच घर फर्कन नसक्ने परिवारलाई खाद्यान्न र पानीको व्यवस्था गरिएको स्थानीय जनप्रतिनिधिहरूले बताए । कैलारी गाउँपालिकाका अध्यक्ष रामसमज चौधरीले बाढीले घर भिजेकै अवस्थमा रहे पनि अधिकांश परिवार आफ्नै घर फर्किसकेको बताए । उनका अनुसार हाल वडा नम्बर ७ का केही बस्तीका २०/३० परिवार मात्रै घर बाहिर त्रिपालमुनि बसिराखेका छन्।

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले भने आइतबार अधिकांश परिवार घर फर्किसकेको बताए । यस्तै घर फर्केका परिवारको खाद्यन्न र लत्ताकपडा भिजेकाले पुन: स्थापनामा पनि समस्या भएको उनले बताए । ‘घर फर्किएकाहरूका लागि खाद्यान्न र एकसरो लुगा बदल्ने गरी कपडाको समेत व्यवस्था गरिरहेका छौं ।’

प्रकाशित : आश्विन ३, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?