१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लास्कुमा पुल बनेसँगै दुहु-ब्यास आवतजावत सहज

मनोज बडू

दार्चुला — भदौ २४ गते रातिको बाढीले लास्कु खोलाको पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी पुल निर्माणसँगै सहज भएको छ । पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरेपछि दुवै गाउँपालिकाबीच आवतजावत सहज भएको हो । 

लास्कुमा पुल बनेसँगै दुहु-ब्यास आवतजावत सहज

बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्ती दुहु र ब्यास गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थाइि काठेपुल निर्माण भएको हो ।

तत्काललाई आवतजावतका लागि निर्माण गरिएको अस्थायी पुल बुधबारबाट सञ्चालनमा आएपछि दुहु-ब्यास आवतजावत सुरु भएको हो । पुल बगाउदा असहज बनेको दुहु र ब्यास गाउँपालिकाको जनजीवन सहज बन्दै गएको स्थानीय बताउँछन् ।

बाढीले पुल बगाउँदा काम विशेषले सदरमुकाम झरेका मानिस घर जान पाएका थिएन् । बाटो बन्द भएपछि सदरमुकाम झरेको ६ दिनपछि आफू घर फर्किएको दुहु गाउँपालिका-४ का कल्याण कुँवरले बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?