बैतडीमा चरेससहित २ भारतीय पक्राउ

तृप्ति शाही

बैतडी — बैतडीमा लागूऔषध (चरेस)सहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार निवासी २३ वर्षका ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले चरेस सेवन गरिरहेको अवस्थामा दशरथचन्द नगरपालिका ४ को गोठलापानी-शाहीलेक सडकबाट बुधबार राति पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ सय मिलीग्राम लागूऔषध (चरेस) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : भाद्र २३, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी अर्घाखाँचीबाट खनाल र आचार्य सिफारिस

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिवहरु चन्द्रपाणी खनाल र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । खनाल र आचार्यसँगै जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ ।

अर्घाखाँची ढाकावाङ जन्मिएका खनाल कपिलवस्तुबाट राजनीति गर्दै आएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदका लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छन् ।

प्रकाशित : भाद्र २३, २०७९ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×