कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
रानी जमरा सिँचाइ आयोजना

विद्युत् गृह निर्माण ९०%

धनगढी — राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरबाट चार मेगावट बिजुली उत्पादन गर्ने जलविद्युत् योजनाको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ । आयोजनाका इन्जिनियर तोपबहादुर खत्रीका अनुसार ९० प्रतिशत भौतिक प्रगति भइसकेको हाइड्रो पावरबाट चैत मसान्तभित्रमा बिजुली उत्पादन हुनेछ ।

उत्पादित ४.७१ मेगावट बिजुलीलाई नेसनल ग्रिडको लम्की स्टेसनसंँग जोडिनेछ । हाइड्रो पावर रहेको कटासेबाट लम्कीसम्मको दूरी साढे ६ किलोमिटर छ । विद्युतीय तार र ट्रान्समिसन लाइन तान्ने कामसमेत सम्पन्न भइसकेको इन्जिनियर खत्रीले बताए । ‘भदौभित्रमा सम्पन्न गर्ने भए पनि प्राविधिक रूपमा केही समस्या पैदा भएकाले ६ महिनापछि धकेलिन पुगेको छ,’ इन्जिनियर खत्रीले भने, ‘चैतभित्रमा बिजुली उत्पादन भइसक्छ ।’ यता हाइड्रो पावर निर्माण काम सम्पन्न भइन सक्दा मूल नहरमा अझै पानी बगाउन सकिएको छैन ।

हाइड्रो पावर रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किमि दूरीको मूल नहरको पानीबाट बिजुली निकालिँदै छ । यसको ठेक्का भारतको स्युटी र नेपालको टुडी कम्पनीले संयुक्त रूपमा लिएका छन् । आर्थिक वर्ष २०७१/२०७२ मा नेपाल सरकारले उक्त ठेकेदार कम्पनीसँग जलविद्युत् योजना निर्माणको ठेक्का सम्झौता १ अर्ब ९८ करोडमा गरेको थियो । हालसम्म आयोजनाले ८५ प्रतिशत खर्च भइसकेको जनाएको छ ।

उक्त योजनामा नहरबाट करिब साढे ७ मिटर तल पानी खसालेर ३ वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । इन्जिनियर खत्रीका अनुसार विद्युतीय प्रसारण लाइन लम्की सव स्टेसनसम्म पुर्‍याउने कार्यका लागि जग्गाको भोगाधिकार पाउन आईईसमेत स्वीकृत भइसकेको छ । त्यहाँ रहेका १५ रुख कटान गर्न बाँकी रहेको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×