२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पूर्वमन्त्री जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस

वसन्तप्रताप सिंह

बझाङ — नेकपा एकीकृत समाजवादीले बझाङबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा पूर्वमन्त्री भानुभक्त जोशीको नाम सिफारिस गरेको छ । समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका जोशीलाई आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो । 

पूर्वमन्त्री जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस

पूर्ववनमन्त्री जोशी यसअघि २०५१ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालमा संविधानसभा सदस्यको रुपमा बझाङबाट निर्वाचित भएका थिए । ०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विरोधी कित्तामा रहेका जोशी नेकपा एमाले विभाजन भएर समाजवादी पार्टी गठन भैसकेपछि एमालेमै रहेका थिए । उनी २०७८ साल असोज २१ गते समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

यसैगरी समाजवादीको जिल्ला कमिटीको विस्तारित बैठकले बैठकले प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बझाङमा प्रदेश (क) का लागि पार्टीका केन्द्रीय सदस्य दिलबहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ ।

प्रदेश (ख) का लागि समाजवादीका केन्द्रीय सदस्य वीरेन्द्र भण्डारीलाई एकल सिफारिस गरिएको पार्टी सचिव लक्ष्मी जोशीले जानकारी दिए ।

उनले गठबन्धनको भागबन्डामा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका लागि चार सिट दाबी गरिएको र तीन सिटसम्म पाउने सम्भावना रहेको बताए । सुदूरपश्चिममा समाजवादीले जति सिट पाए पनि पहिलो प्राथमिकतामा पूर्वमन्त्री जोशी नै हुने आश्वासन केन्द्रीय नेताबाट पाएको उनको भनाइ छ । ‘हाम्रो भागमा सुदूरपश्चिममा एउटा मात्रै सिट परे पनि त्यो सिट भानुभक्तजीका लागि सुरक्षित हुन्छ भनेर केन्द्रीय अध्यक्ष (माधव नेपाल) ले भनिसक्नु भएको छ‚’ जोशीले भने‚ ‘त्यसैले हामीले पूर्वमन्त्रीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेका हौं ।’

प्रकाशित : भाद्र १४, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?