कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

अर्जुन शाह

धनगढी — कैलालीको अत्तरिया चोक र अत्तरिया नजिकै रहेको पूर्वपश्चिम राजमार्गको हरैयामा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र अत्तरियामा कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

सेनाको बम डिस्पोजल टिम घटनास्थल पुुगिसकेको उनले बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ चार पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ ।

मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बन्द आह्वानको कारण कैलाली कञ्चनपुरबाट चल्ने लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।

प्रकाशित : भाद्र ७, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?