१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख पुर्पक्षका लागि कारागार चलान

तृप्ति शाही

बैतडी — बलात्कारको आरोप लागेका बैतडीका एक क्याम्पस प्रमुखलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी रहेका छन् ।

बैतडी जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि उनले बलात्कार गरेको आरोप लागेको हो ।

पीडित महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?