२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

माइत हिँडेकी महिला दिउँसै लुटिइन्

मोहन शाही

डोटी — माइत जाँदै गरेकी एक महिला दिउँसै लुटिएकी छन् । बुधबार सायल गाउँपालिका वडा नम्बर ६  कालागाउँ घर भएकी २७ वर्षीया पार्वती कटुवाल लुटिएकी हुन् । आदर्श गाउँपालिका ६ थालस्थित माइती घर जानेक्रममा अपरिचित व्यक्तिले उनका गरगहना लुटेर भागेको कटुवालले आरोप लगाएकी छिन् ।

बिहान सवा १२ बजे आदर्श ३ अलचौड जंगलमा उनी लुटिएको भए पनि प्रहरीलाई साढे २ बजेमात्र खबर आएको जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए । एसपी धमलाका अनुसार लुटेराले ज्यान मार्ने धम्की दिँदै उनले लगाएको साढे ३ तोला बराबरका सुनका गरगहना लुटेका हुन् ।

`दुर्गम ठाउँ भएकाले प्रहरी घटनास्थल पुग्न २ घण्टा लाग्यो,' एसपी धमलाले भने, `पीडितले समेत आरोपित लुटेरा चिन्न सक्नु भएनछ, यद्यपि उहाँले दिएको हुलियाअनुसार खोजी कार्य जारी छ ।'

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दिउँसै महिला लुटिएपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित : भाद्र १, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?