कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलाका स्थानीय तहमा ७७ करोड बेरुजु

दार्चुला — दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । सबै स्थानीय तहहरूको आर्थिक वर्ष २०७७/७८ सम्मको बेरुजु रकम झन्डै ७७ करोड हाराहारी पुग्दै छ ।

दार्चुलाका स्थानीय तहमा ७७ करोड बेरुजु

महालेखा परीक्षकको पछिल्लो ५९ औं प्रतिवेदनले जिल्लाका ९ ओटा स्थानीय तहको बेरुजु रकम ७६ करोड ८१ लाख ८४ हजार पुगेको उल्लेख गरेको छ । सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड १२ लाख ९ हजार बेरुजु रहेको छ । यस्तै, मालिकार्जुन गाउँपालिकामा २३ करोड ४४ लाख ५६ हजार, महाकाली नगरपालिकामा १४ करोड ७ लाख २६ हजार बेरुजु छ ।

व्यास गाउँपालिकामा ९ करोड ३४ लाख ४२ हजार, मार्मा गाउँपालिकामा ९ करोड १५ लाख ७४ हजार, लेकम गाउँपालिकामा ९ करोड १० लाख ६६ हजार, अपिहिमाल गाउँपालिकामा ४ करोड ८५ लाख ८२ हजार, दुहु गाउँपालिकामा ४ करोड ३८ लाख ३८ हजार र नौगाड गाउँपालिकामा २ करोड ४५ लाख ६३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहहरूमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी योजनाहरू सञ्चालन गरेको, आर्थिक अनुशासन नभएको लगायतका टिप्पणी उल्लेख गरिएका छन् । महालेखाको प्रतिवेदनले जिल्लाका ९ वटै स्थानीय तहबाट देखिएको बेरुजुमध्ये झन्डै एक करोड ८ लाख असुल गर्नुपर्ने रकम पुगेको छ । महालेखाको प्रतिवेदनका अनुसार यहाँका पालिकाहरूबाट आर्थिक वर्ष २०७७/७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम एक करोड ७ लाख ९५ हजार पुगेको छ ।

महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु छ । सबैभन्दा कम नौगाड गाउँपालिकामा ११ हजार बेरुजु रकम छ । मालिकार्जुन गाउँपालिकामा १८ लाख ३२ हजार, शैल्यशिखर नगरपालिकामा १७ लाख ३६ हजार, व्यास गाउँपालिकामा १७ लाख ६ हजार र महाकाली नगरपालिकामा ५ लाख ८९ हजार असुल गर्नुपर्ने बेरुजु छ ।

मार्मा गाउँपालिकामा ४ लाख ७५ हजार, दुहु गाउँपालिकामा ४ लाख ३३ हजार र अपिहिमाल गाउँपालिकामा दुई लाख ३२ हजार बेरुजु रकम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : भाद्र १, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?