कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महाकालीमा बैतडीका २ किशोरी बेपत्ता

तृप्ति शाही

बैतडी — महाकाली नदीमा डुबेर बैतडीका २ किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा छन् ।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला वेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनका अनुसार दिउँसो २ बजेतिर उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?