कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चरेससहित सशस्त्र प्रहरी समातिए

कान्तिपुर संवाददाता

धनगढी — डेढ किलो चरेससहित सोमबार एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । धनगढीको त्रिनगर भन्सार नजिक मिलनचोकस्थित सिटी होटलबाट बझाङको दुर्गाथली घर भएका सशस्त्र प्रहरी जवान गणेश जोशी पक्राउ परेको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

चरेससहित सशस्त्र प्रहरी समातिए

पक्राउ परेका जोशी कैलालीकै बनवेहडामा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खैरो हेरोइनसहित २ पक्राउ

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखाबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका १० झलारी बस्ने २४ वर्षीय दीपेन्द्र ऐरी र २५ वर्षीय विशाल थापालाई १८ दशमलव ४९ ग्राम खैरो हेरोइनसहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । उनका अनुसार नेपाल–भारत सीमानजिकै भारततर्फबाट आउँदै गरेका उनीहरूले मोटरसाइकलको लेगगार्डको प्वालमा विभिन्न पोकामा उक्त खैरो हेरोइन लुकाएर ल्याइरहेका थिए । लागूऔषध प्रयोग तथा ओसारपसारकर्ताहरू भारतीय क्षेत्रबाट ल्याएर आउने गरेका छन् । उनीहरूले विभिन्न किसिमका नयाँनयाँ जुक्तिहरू लगाएर भारतबाट ओसारपसार गरिरहेका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?