दार्चुलाको नौगाड नदीमा महिला बेपत्ता

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–१ मा साङपाङ क्षेत्रस्थित नौगाड नदीमा खसेर एक महिला बेपत्ता भएकी छन् । शुक्रबार बिहान घरबाट नजिकको जंगलमा जाने क्रममा स्थानीय अन्दाजी ३२ वर्षीया अनितादेवी ठगुन्ना नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिककैको गोधानी जंगलमा घाँस काट्ने बेला उनी नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् । उनी करिब ५ सय मिटर तल खसेकी थिइन् ।

प्रहरी कार्यालयका सूचना अधिकारी जगत मगरका अनुसार बिहान करिब साढे ८ बजेतिर घरदेखि अन्दाजी १ घण्टाको पैदल दूरीमा रहेको गोदानी जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् ।

बेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको भए पनि शुक्रबार दिउँसोसम्म भेटाउन सकिएको छैन ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?