कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बझाङमा चरेससहित एक जना पक्राउ 

वसन्तप्रताप सिंह

बझाङ — बझाङ प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका १, बारीलका ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत रहेका छन् । 

बझाङमा चरेससहित एक जना पक्राउ 

उनलाई बुधबार साँझ वित्थडचिर गाउँपालिका ८ मा रहेको अस्थायी प्रहरी पोष्ट बागथलाले पक्राउ गरेको हो । जयपृथ्वी राजमार्ग भएर चैनपुरदेखि कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बस जाँच गर्दा सिटमुनी चरेस भेटिएको थियो ।

पक्राउ परेका खडायतलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?