स्रोत नखुलेको १७ लाख भारुसहित धनगढीबाट दुई किशोर पक्राउ 

अर्जुन शाह

धनगढी — सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार धनगढीमा स्रोत नखुलेको १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँसहित दुई जना किशोरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोल बस्ने १८ वर्ष मुनिका एक जना किशोर र १८ वर्षीय सरोज धामी छन् । 

धनगढीस्थित सशस्त्र प्रहरी बल नम्बर ३४ गण स्रोतका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट रकम बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको रकम राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारी भइरहेको गणले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?