२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फलफूलका बिरुवा वितरण

कञ्चनपुर — डिभिजन वन कार्यालय कञ्चनपुरले कृषकहरूलाई फलफूलका बिरुवा निःशुल्क विरतण गरेको छ । डिभिजन वन कार्यालयले आँप र लिचीका ९ हजार बिरुवा वितरण गरेको हो ।

१ हजार बढीलाई जग्गाधनी पुर्जाका आधारमा बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका रेन्जर शिवराज अवस्थीले बताए । डिभिजन वन कार्यालयले गत वर्ष पनि २२ हजार बढी फलफूलका बिरुवा वितरण गरेको थियो । गत वर्ष आँप र लिचीसहित कागती, अम्बा र अनारका बिरुवा वितरण गरेको थियो । यस वर्ष अम्बा, कागती र अनारका बिरुवा पनि वितरण गरिने अवस्थीले बताए ।

प्रकाशित : असार २५, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?