झुलाघाट नाका सञ्चालन

तृप्ति शाही

बैतडी — भारतसँग सीमा जोडिएको बैतडीस्थित झुलाघाट नाका सञ्चालनमा आएको छ । नाकाको महाकाली माथि रहेको झोलुङ्गे पुलको लक भाँचिएपछि मंगलबारबाट बन्द रहेको नाका बुधबार अपराह्नबाट सन्चालनमा आएको हो । 

झुलाघाट नाका सञ्चालन

पुल मर्मतपछि आवतजावत खुल्ला गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जीर्ण रहेको पुलको भारतीरको भागको लक टुटेको थियो । 'काठको फल्याक राखिएको पुलको भाँचिएको लक फेरिएको छ,' उनले भने,'सबै काठ परिवर्तन गर्नको लागि पिथौरागढको डिएम कार्यालयसँग समन्वय भइरहेको छ । अब छिट्टै बस्ने बैठकमा यो विषयलाई एजेन्डाको रूपमा राख्नेछौं ।'

भारतीय पक्षले पुलको लक फेरेको हो ।

प्रकाशित : असार २२, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?