१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

३५० किलो झ्याउ बरामद

मनोज बडू

दार्चुला — प्रहरीले दार्चुलाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ । 

३५० किलो झ्याउ बरामद

प्रहरी र अपीनाम्पाका कर्मचारीले गोप्य सूचनाका आधारमा सुन्सेराबाट सिना जाने सडक किनारमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको उक्त परिमाणको अवैध जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

ठूलो मात्रामा भेटिएको प्रतिबन्धित जडीबुटी झ्याउबारे अनुसन्धान भइरहेको उनले बताए । बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका अपीनाम्पा संरक्षण क्षेत्र रेन्ज पोस्ट सुन्सेराको जिम्मा लगाइएको छ ।

प्रकाशित : असार २२, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?