१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचल्ने 

मेनुका ढुंगाना

अछाम — अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत ३ जना माथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । 

हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचल्ने 

प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।



प्रकाशित : असार २१, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?